काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड जर्मन स्पोर्टस गन (जीएसजी–५) सहित पक्राउ परेपछि व्यक्तिका नाममा रहेका हातहतियारको बहस सतहमा आएको छ । मुलुकमा आफूलाई सुरक्षा खतरा भएको भन्दै कतिले हतियार लिएका छन् ।
ती हतियार कस्तो अवस्थामा छन् ? तिनको प्रयोगको अवस्था के छ ? यि र यस्ता विषयमा अनुगमन एवंम् नियमन कसरी भइरहेको छ त ? हतियार राख्न इजाजत दिने सरकार नै तिनै हतियारबाट खतरामा त छैन ? यो पनि चासोको विषय बनेको छ ।
नागरिक सुरक्षा राज्यको दायित्व हो । तर, सबै नागरिक यसमा ढुक्क नहुने अवस्था पनि देखिन्छ । त्यसैले उनीहरु व्यक्तिरुपमै हातहतियार राख्न चाहान्छन् । यो नागरिकले पाउने कानूनी अधिकार पनि हो । तर, ति हतियार कस्तो अवस्थामा छन् ? तिनको प्रयोगको अवस्था के छ ? यि र यस्ता विषयमा अनुगमन एवंम् नियमन कसरी भइरहेको छ त ? हतियार राख्न इजाजत दिने सरकार नै तिनै हतियारबाट खतरामा त छैन ? यो पनि चासोको विषय हो ।
कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियारको इजाजत मागे र प्रमुख जिल्ला अधिकारीले मनासिव ठानेमा हतियार राख्न दिने कानूनी व्यवस्था छ । २०१९ मा जारी भएको हातहतियार तथा खरखजाना ऐन संशोधन पनि भइसकेको छ । तर, विगतका व्यवस्थामा खासै परिवर्तन गरिएको छैन् ।
कसैले व्यक्तिगत रूपमा हतियार राख्न इजाजत पाउने र नवीकरण गर्न पाउने सम्बन्धमा ऐनको दफा १० उपदफा (१) भन्छ, कुनै व्यक्तिले ऐनअन्तर्गत इजाजतपत्र तोकिएको दस्तुर, तोकिएको ढाँचाको दरखास्त प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्दछ ।
ऐनमा स्पष्ट उल्लेख नभएका मापदण्ड
– हातहतियार खरखजना ऐनमा कस्तो व्यक्तिलाई हतियार राख्न दिने भन्ने स्पष्ट छैन
– सुरक्षा खतरालाई मात्रै हेरेर जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा हतियारको लाइसेन्स दिने भनिए पनि त्यसको स्पष्ट मापदण्डको कम
– ऐनमा हतियार राख्नका लागि हतियारसम्बन्धी ज्ञान हुनुपर्ने विषयमा केही उल्लेख छैन
– गृह मन्त्रालयले २०७८ भदौमा जारी गरेको नियमावलीअनुसार प्रशासनको अनुमति पाएको व्यक्तिले पेस्तोल, रिभल्भर, राइफल, मिनियचर राइफल, टोटावाला बन्दुक, भरुवा बन्दुक र हावादारी बन्दुक राख्न पाउँछ ।
– दर्ता भएका हतियार के प्रयोजनमा प्रयोग गर्ने र कहाँसम्म पहुँच दिने भन्नेबारे कानुनी अस्पष्टताका कारण हतियारको दुरुपयोग
अवैध हतियार र पक्राउको ग्राफ
– चैत महिनामा मात्रै देशभर विभिन्न स्थानबाट अवैध भरूवा बन्दुक, पेस्तोल, गोली, म्याग्जिन, कटुवा पेस्तोलसहित ८ जना पक्राउ
– तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग
– चालु आर्थिक वर्षको फागुन महिनाको अवधिमा देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित १ सय ५७ जना पक्राउ
– पक्राउमध्ये पुरूष १ सय ७९ जना र महिला ३ जना
– तीमध्ये ९ जना विदेशी नागरिक
– पक्राउ परेका मध्ये १ सय ३४ जना विरुद्ध मुद्दा दर्ता
देशभर कतिले हतियारको इजाजत लिए त्यसको आधिकारिक तथ्याङ्क गृह मन्त्रालय सँग नै छैन । प्रसाईं प्रकरणपछि मंगलबार भने इजाजत दिइएका हतियारको विस्तृत विवरण २४ घण्टाभित्र पठाउन मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको थियो । तर, अझैपनि मन्त्रालयले यकिन तथ्यांक पाइसकेको छैन । आफ्नो सुरक्षा र सोखका लागि हतियार राख्ने गरिएपनि अहिले हतियारको इजाजत लिने व्यक्तिहरुको रेकर्ड हेर्दा कुनै न कुनै आपराधिक क्रियाकलापमा जोडिएको भेटिनुले वैध हतियारको दुरुपयोग बढेको पाइन्छ । अब हतियार इजाजत दिँदा हतियारको संवेदनशीलता ध्यानमा राख्न आवश्यक छ ।