
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीमा जानेहरुको सांसद पद खोस्न मुद्दा मामिलामा नजाने बताएका छन् ।
नेसपाकै अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधर नेताहरुले माओवादी केन्द्रसँग एकताको सहमति गरेपछि नेसपामा बहुमतको लडाई र आक्षेपको राजनीति जारी छ । तर, शान्त भेषमा पेश भएका बाबुरामले भने रडाको नगरि माओवादीमा जान अपिल गरेका छन् ।
नेपाल समाजवादी पार्टीसँग माओवादी केन्द्रले एकता गर्ने सहमति गरेपछि डा. बाबुराम भट्टराई पक्षधर नेताहरुले महिन्द्र राय यादव पक्षधरलाई कारबाहीको डण्डा चलाएको छ ।
बहुमत पक्ष बाबुरामसँगै रहेको दाबीदेखि यादव पक्षले पनि बाबुरामलाई अल्पमतमा रहेको दाबी गरिरहेरको छ । तर, यसको आधिकारिकता पुष्टी हुने आधार भन्दा पनि छुट्टाछुट्टै बैठक बस्ने र आरोप प्रत्यारोप गर्ने क्रम भने रोचक ढंगले चलिरहेको देखिन्छ ।
विवाद चलिरहेको बेला बाबुराम पक्षले यादव पक्षको निर्णयलाई खारेज गरेको घोषणा गरेपछि यादव पक्षधर नेताहरुले पनि छुट्टाछुट्टै कमिटी घोषणा गर्दै पार्टी एकता संयोजन समितिको निर्णय भन्दै माओवादी केन्द्रसँगको एकतालाई अघि बढाउने निर्णय गर्दै जिम्मेवारी समेत बाँडफाँट गरिएको देखिन्छ ।
यस्तो विवादमा रुमल्लिएको नेसपाले माओवादी केन्द्रमा जाने नेताहरुलाई पार्टीबाट जिम्मेवारिबाट मुक्त गरेपनि नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई भने पार्टी एकता भएको विषय स्वीकार गर्न तयार छैनन् ।
एकताको नाममा षडयन्त्र गरिएको बाबुरामको दाबी छ । पार्टी एकतालाई जालसाचीपूर्ण विषय भनेपनि यादव पक्षधर नेताहरुले भने सिंगो नेसपा नै एकतामा गएको दाबी गरिरहेको छ । तर, बाबुरामले ७० प्रतिशत सदस्य आफूसँग रहेको दाबी गर्दै माओवादी केन्द्रसँग जानेहरुलाई कुनै कारबाहि नगर्ने र मुद्दा मामला पनि नगर्ने बताए ।
पार्टी एकता गर्दै राष्ट्रपति बन्ने रहर पालेका बाबुराम भट्टराई प्रचण्डले राजनीतिक मुभ लिएपछि क्रोधित बनिरहेका छन् । प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेर जिताउन मरिहत्ते गरेका बाबुराम विच्किएपछि प्रचण्ड पनि बाबुरामबारे धेरै टिप्पणी नगर्ने दाबी गरिरहेको देखिन्छ ।
यसरी माओवादी केन्द्रमा जाने नेताहरुले सांसद पद सुरक्षित राख्न पाउने विषयमा मुद्दा मामला नगर्ने बाबुरामको मुड हुँदा पनि उनीहरु माओवादी केन्द्रकै चुनाव चिन्हबाट निर्वाचित भएकाले पनि बाबुराम हच्किन पुगेको कतिपयको विश्लेषण सुनिन्छ ।