News 24 Television
रविको पञ्जामा माओवादी भ्रष्टहरु, निसानामा काँग्रेसका नेताहरु पनि

काठमाडौं । मुलुकका अनियमितता, भ्रष्ट्राचार र कुरितीलाई अन्त्य गर्न भन्दै राजनीतिमा होमिएका रवि अहिले गृहमन्त्री छन् । पहिलो पटक जम्मा ३२ दिन गृहमन्त्री बनेका रवि नागरिकता विवादका कारण पदच्युत हुन पुगे । तर आम जनताको माग र रोजाइ अनुसार दोस्रो पटक संसदमा निर्वाचित हुँदै उनी अहिले उपप्रधानसहति गृह मन्त्रीमा पुनरागन भएका छन् । 

मुलुकमा केही गर्ने इच्छा जाहेर गर्ने रविले गृहमन्त्रालयको नेतृत्वमा आएयता नै प्रहरी संगठनलाई चुस्त र दुरदर्शी बनाउन खोजिरहेका छन् । उनले विगतका भ्रष्ट्राचार र काण्डहरुलाई समेत उधिन्ने प्रयत्न गरिरहेका छन् ।

जस्तै बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा सीआबीले प्रमाणसहित जग्गा हिनामिनामा संलग्नता देखाएका पात्रहरु, सुन प्रकरणमा दोषी ठहरिएका दिपेश पुन तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई गृहमन्त्री रविले मुख्य तार्गेटमा राखेका छन् । 

सुन तस्करी प्रकरणमा संलग्न आरोप लागेका महरालाई रविकै निर्देशन अनुसार सोमबार कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको छ । उनलाई सीआइबीले थप अनुसन्धान गरिरहेको छ । 

त्यस्तै काँग्रेस सांसद विनोद चौधरीलाई पनि बाँसबारीको सरकारी जग्गा हिनामिना गरेको प्रकरण अनुसन्धान गर्न रविले प्रहरीलाई संकेत गरिरहेका छन् । यसअघि विनोदका भाइ अरुणको पनि संलग्नता भएको सीआइबीले दावी गरेको थियो । 

उनी सो प्रकरणमा पक्राउसमेत गरेका थिए । तर उनी काठमाडौं जिल्ला अदालतको आदेशमा अप्रत्यासित तवरले छुटेका थिए । अरुण छुटेको प्रकरणलाई कतिपयले तत्कालीन सत्ता गठबन्धन र काँग्रेसको दववाको रुपमा समेत हरिरहेका छन् । तर गृहमन्त्री रविले उक्त प्रकरण व्युत्याउँदै विनोद चौधरीको समेत बयान लिन प्रहरीलाई निर्देशन दिएका हुन । 

यो निर्देशनसँगै यतिबेला राजनीतिक अझ तरंगित बनेको छ । त्यस्तै सुन तस्करी प्रकरणमा गृहमन्त्रीले माओवादीकै उपाध्यक्ष महरालाई कारवाही अघि बढाइरहेका छन् । त्यस्तै प्रतिवेदनले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको पनि संलग्न रहेको देखाएपछि उनलाई तत्काल पक्राउ गरिएको थियो । 

पुनमाथि अहिले थप अनुसन्धान भइरहेको छ । यसका अलावा अन्य सबै प्रकरणहरुमा रविले कारवाहीको डण्डा चलाउने उद्घोष गर्दै आइरहेका छन् ।

सुशासन स्थापित गराउन गृहमन्त्री रविले ७७ वटै जिल्लाका प्रजिअ र सबै तहका सुरक्षा निकायलाई बारम्बार निर्देन दिँदै आइरहेका छन् । 

गृहमन्त्री बने लगत्तै रविले सामाजिक संजालमा स्टाटस लेख्दै अपराधि पक्राउ गर्न आफ्नो निर्देशन कुर्न नपर्ने भन्दै प्रहरीलाई उर्दी जारी गरे । त्यस्तै देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको भए, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको भए, यसलाई कारवाही गर्न आफ्नो वा अरु कसैको आदेश कुर्नु नपर्ने भन्दै प्रहरीलाई ढाडस दिएका थिए । 

त्यस्तै आइतबार मात्रै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने दोहोर्याए । साथै कानुन कार्यान्वयनमा ढिलासुस्ती गरे कमाण्डरहरु नै कारवाहीको भागेदार बन्नुपर्ने गृहमन्त्रीको चेतावनी थियो ।

रविको पछि काँग्रेस 

गृहमन्त्री बनेपछि काँग्रेस लगतार सरकार र रविको खेदो खनिरहेको छ । सत्ता गठबन्धनमा नयाँ समीकरण बनेपछि बसेका हरेक संसदको बैठकमा काँग्रेसले सरकारमाथि धारेहात लगाउँदै आएको छ । 

सुरुमा रविको नियुक्तिमाथि प्रधानमन्त्रीलाई प्रश्न गरेको काँग्रेस पछि राजीनमा माग्नसम्म लागि पर्यो । शहकारी ठगी प्रकरणलाई जोडेर रविमाथि काँग्रेसले संसद र सडकबाटै बारम्बार प्रहार गर्दै आइरहेको हो । सोमबारको संसद बैठकमा पनि रविविरुद्ध काँग्रेसले चर्को आवज उठायो । 

यसअघि रविको राजीनामा माग्दै संसद बैठक नै अवरोध गरेका काँग्रेसले अझै विरोध गर्न छाडेको छैन। रविले भने आफूविरुद्ध अनावश्यक विरोध गरिएको भन्दै संसदमा काँग्रेसलाई पढाउने जवाफ दिँदै आइरहेका छन् । 

सभामुखले रुलिङ गरेको अवस्थामा आफूले संसदमा जवाफ दिने समेत रविले बताउँदै आएका छन् । सुशासनकाविरुद्ध चर्को नारा लगाएर सत्ता राजनीतिमा प्रवेश गरेका रविले केही राम्रै प्रयासहरु थालेको देखिन्छ । 

विभिन्न आरोप र काण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पात्रहरुलाई कतिसम्मको कारवाही गरेर देखाउछन्, त्यो हेर्न बाँकी छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update