News 24 Television
मेलम्चीको बाढीबाट प्रभावित विद्यालयलाई अरुणिमाको आर्थिक सहयोग
Melamchi-news

काठमाडाैँ । सिन्धुपाल्चोक स्थित मेलम्ची क्षेत्रका बाढी प्रभावित क्षेत्रका बिद्यालयहरु अझै जोखिममा परेका छन्। सिन्धुपाल्चोकको मेलम्ची बजार, त्यस आसपासका क्षेत्रहरु तथा हेलम्वु गाउँ पालिकाका बिभिन्न वडा अन्र्तगतका दर्जनौ गाउँ बस्तीहरु अझै जोखिमको त्रासमा रहेका छन् ।

मेलम्चीका आसपासको क्षेत्रमा रहेका बिद्यालयहरु अझै पनि नदी कटानको जोखिममा रहेको स्थानीयबासीहरुले गुनासो गरेका छन् । २०७८ असार १ गते गएको बिनाशकारी बाढीका कारण सो क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीका कारण बिस्थापित भएको त्यस क्षेत्रका जनताहरुले राहत तथा पूर्ननिर्माणको सुविधा नपाएको गुनासो गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची र त्यस आसपासका रहेको बिभिन्न तहका बिद्यालयहरु थप प्रभावित हुन सक्ने जोखिममा रहेको देखिन्छ । आगामी बर्षातको समयमा त्यस क्षेत्रमा थप जोखिम हुन नदिन स्थानीय तह तथा केन्द्रीय सरकार बढी जिम्मेवार हुनु पर्ने स्थानीयको भनाई छ ।

सिन्धुपाल्चोक मेलम्चीको म्याल्थुमस्थित सरस्वति माध्यामिक माध्यामिक बिद्यालय अझै पनि बाढीको जोखिममा रहेको छ । मेलम्ची आसपासका अझै पनि दर्जनौ बिद्यालयहरु जोखिममा रहेको त्यस क्षेत्रका शिक्षाकर्मी तथा सरस्वती माध्यामिक बिद्यालयका पूर्व प्रधानाध्यापक हरिकुमार शर्माले गुनासो गरे ।

बाढीबाट अति प्रभावित सरस्वती माध्यामिक बिद्यालयलाई सहयोग गर्ने उद्धेश्यले अरुणिमा परोकार प्रतिष्ठान कुमारीगाल बौद्धले सो बिद्यालयलाई आर्थिक सहयोग स्वरुप ३ लाख १ हजार रुर्पैयाँको चेक हस्तान्तरण गरेको छ । बाढीबाट प्रभावित बिद्यालयलाई सहयोग गर्ने उद्धेश्यले अरुणिमा शैक्षिक प्रतिष्ठानले बिभिन्न क्षेत्रका अयिभन्ता तथा शिक्षाकर्मीहरुको समूहबाट सो सहयोग प्रदान गरेको अरुणिमा परोकार प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगानाले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा सो क्षेत्रका पूर्व साँसद शेरबहादुर तामांङले बाढीबाट अति प्रभावित क्षेत्रको पूर्नसंरचना तथा थप जोखिमबाट बचाउन सबै तहको सरकारको गम्भीरता आवश्यक भएको बताए । बाढी प्रभावित क्षेत्र थप जोेखिममा पर्न सक्ने भएको हुदाँ त्यस क्षेत्रप्रति सबै पक्षको ध्यानाकर्षण हुन आवश्यक भएको पूर्व मन्त्री तामाङको भनाई छ ।

अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल इश्वरी लामिाछाने बाढी प्रभावित क्षेत्रका बिद्यालयका बिद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई सहयोग अभियान आवश्यक भएको हुदाँ बिद्यालयको संरक्षण अति आवश्यक भएको बताए ।

त्यसैगरी साहित्यकार तथा वरिष्ठ पत्रकार बिजय चालिसेले बाढी प्रभावित क्षेत्रका बिद्यालय तथा शैक्षिक संस्था र जोखिममा रहेका मानव संरचना तथा बस्तीहरुलाई तत्काल सुरक्षा दिन सबै पक्षको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा बाढी प्रभावित बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कृति तामाङ र बिद्यालयका प्रधानाध्यापक कुमार प्रसाद घोरासैनीले बाढीको थप जोखिम र त्रासमा बिद्यालय रहेको हुदाँ सबै सहयोगलाई अपिल गरेका छन् । सो अवसरमा अभिभावका प्रतिनिधि तथा बिद्यार्थीहरुको प्रतिनिधि सुर्यमान तामाङ, झलक प्रसाद लामिछाने, पूर्व बिद्यार्थी समाजका अध्यक्ष कृष्ण थापाले बाढी प्रभावित क्षेत्रका जनता अझै पनि बिभिन्न कठिन अवस्थाबाट गु्रजेको हुदाँ सरकारको ध्यान जान नसकेको गुनासो पोखेका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update