News 24 Television
दिक्तेलमा एकता आमा समुहद्वारा सुत्केरी तथा घर भेटघाट
khotang

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल अस्पताल चोकको एकता आमा समुहले सुत्केरी तथा घरभेटघाट कार्यक्रम गरेका थालेका छन्।

सुत्केरीका लागि पोषिलो खानेकुरा जुटाएर आमा समुहले आफनै घरमा उत्पादन गरेको फलफुल अन्न, सागपात, पशुजन्य र गेडागुडी सुत्केरीलाई प्रदान गरेका गरेका हुन् ।

सुत्केरी भेटकाक्रममा आमा समुहले गाउँमै उत्पादन गरेको पोषिलो खाने कुरा गरेर प्रदान गर्दै सुत्केरी तथा घर भेटघाट गरिरहेका हुन् ।

एकता आमा समुहले हरेक घरमा सुत्केरी भेटघाट गरेको र हालसम्म बिस घर भन्दा माथिका सुत्केरीलाई भेटघाट गरेको एकता आमा समूह अध्यक्ष मिना देवि पाण्डे बताइन् ।

आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन उपयुक्त आहार व्यवहारको सुनिश्चितता गर्ने सोच अनुसार आमा समुहले सुत्केरी भेट कार्यक्रम सुरू गरेको आमा समुहले बताएको छ।

‘यो सुनौला हजार दिन सम्वन्धी व्यवहारलाई प्रवद्र्धन गर्ने आमा समूहको अभियान हो। यसले हरेक बार खाना चार भन्ने नारालाई पनि व्यवहारमा उतार्न सहयोग पुग्ने आमा समूहले अपेक्षा लिएको छ ।

गाउँघरमै पाइने पोषिलो आहार खरिद गर्दा कम खर्चिलो र स्वास्थ्यका लागि लाभदायक हुने आमा समूहको ठम्याइ छ ।

कार्यक्रममा आमा समुहको टिम स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो ।

पछिल्लो समयमा खोटाङमा बिभिन्न टोल टोलमा आमा समुहले सुत्केरी भेटघाट कार्यक्रमलाई बृहत बनाउदै लगेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update