
काठमाडौं । अरनिको अभियानले अरनिकोको स्मृति दिवसको अवसर पारेर तीनदिने कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते पहिलो दिनको कार्यक्रम ललितकला केन्द्रीय विभाग त्रिवि संगको संयुक्त आयोजनामा ललितकला भवन त्रि.वि.मा सम्पन्न भयो ।
त्रि।वि। को अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका संस्थापक प्रमुख प्रा।डा। खड्ग के।सी। को प्रमुख आतिथ्यता र ललितकला केन्द्रीय विभागका प्रमुख प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न नेपाली कला, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धको आयाममा अरनिको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको हो ।

साथमा अरनिकोका चित्र र मूर्ति बनाउने अग्रज देखि नयाँ पुस्ताका कलाकारहरू तथा अरनिको संग जोडिनुभएका व्यक्तित्वहरूलाई अभिनन्दन तथा कदरपत्रले सम्मान गरिएको थियो ।
वयोवृध्द अग्रज कलाकार वालकृष्ण तुलाधरलाई अरनिको अभिनन्दन गरियो भने अग्रज कलाकारहरू के।के। कर्माचार्य, आई।वी। मल्ल, विपिन घिमिरे तथा अरनिको बालमन्दिरका संरक्षक विद्या उपाध्याय न्यौपानेलाई अरनिको सम्मान प्रदान गरियो ।
त्यसैगरी अरनिकोका शालिक बनाएर कदरपत्रले सम्मानित हुने वरिष्ठ कलाकारहरूमा रामकृ्ष्ण भण्डारी, गंगाधर सारू, पूर्ण बनेम, ओम खत्री, यामबहादुर थापा, प्रकाशरत्न शाक्य तथा उदयमान कलाकारहरू दीपक लामा, चन्द्रमणि मगर र देवेन्द्र पाण्डे थिए ।

कार्यक्रममा प्रा.डा. खड्ग के.सीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको आयाममा अरनिको, प्रा.डा.ध्रुव कार्कीले नेपाली सांस्कृतिक अध्येताहरूको आँखामा अरनिको, विद्या न्यौपानेले बालमन्दिर अरनिकोका सृजनात्मक गतिविधी तथा प्रा।डा।ध्रुवेशचन्द्र रेग्मीले नेपालीकला र अरनिको विषयमा मन्तव्यका साथ अरनिकोको स्मृतिमा स्मरणीय कार्यक्रम भएको र संयुक्त रूपमा आयोजना गर्ने अवसरकालागि अरनिको अभियानलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमको समापन गर्नुभएको थियो ।
बालमन्दिर अरनिको क्लवकी एलिसा सारू मगरले कलाकार आइवी मल्लको अरनिको कविता वाचन गरेर सुरू गरिएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी च्याप्टरका सदस्य जगन्नाथ पौडेलले सशक्त डायस्पोरा–कविता प्रीय अरनिको वाचन गर्नुभएको थियो ।
सोही कार्यक्रममा त्रिवि ललितकलाका विद्यार्थीहरूको चित्रकला प्रदर्शनी, अरनिकोका वास्तुकला, चित्रकला र मूर्तिकलाको फोटो प्रदर्शनी समेत गरिएको थियो ।
उपप्राध्यापक पकबहादुर थापाको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अरनिको अफिसर्स सोसाइटीका संयोजक गोपालप्रसाद दुलालको स्वागत मन्तव्य रहेको थियो ।
अरनिको अभियानका संयोजक गणेश जीसीले अरनिकोका बहुआयामबारे प्रकाश पारेर सारगर्वित उपस्थितिकालागि सबैलाई धन्यवाद र अभिन्दित–सम्मानित श्रष्टाहरूलाई बधाई र शुभकामना अर्पण गरेका थिए ।
अरनिको अभियानको दोस्रो दिनको कार्यक्रम एञ्जल्स् वर्ल्ड इन्टरनेशनल एकेडेमीको संयुक्त आयोजनामा बसुन्धरामा सम्पन्न भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका संस्थापक कूलपति किरण मानन्धरको प्रमुख आतिथ्यतामा हिमाली सभ्यता, नेपाली कला-संस्कृतिको अन्तर्राष्ट्रिय प्रसार र नेपाली डायस्पोराको ऐतिहासिक आलोकमा अरनिको–अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कला–संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई प्रमुख अतिथिले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
जसमा पुरातत्वविद प्रा।डा मदनकुमार रिमाललाई अरनिको सम्मान, राजनीति, साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पुराए वापतरघुजी पन्तलाई अरनिको जनसांस्कृतिक सम्मान, डा. नरेश शाक्यलाई अरनिको विद्वत् सम्मान प्रदान गरिएको छ भने जनही एघार हजार एकसय एघारका अरनिको ललितकला पुरस्कार कलाकार मुकेश श्रेष्ठलाई तथा अरनिको वाङ्मय पुरस्कार कवि मोहराज शर्मा र डायस्पोराका कवि जगन्नाथ पौडेललाई प्रदान गरिएको छ ।
कार्यक्रममा रघुजी पन्तले नेपाली सभ्यता र अरनिको विषयमा, प्रा.डा. मदनकुमार रिमाल र डां नरेश शाक्यले नेपाली इतिहास, संस्कृतिको आलोकमा अरनिको विषयमा तथा जगन्नाथ पौडेल र मोहराज शर्माले नेपाली डायस्पोराको कला, साहित्य र संस्कृतिको सन्दर्भमा अरनिको विषयमा आफ्ना विचार राख्नु राखेका थिए ।
उक्त अवसरमा एञ्जल्स् योङ अरनिकोले चित्रकला प्रदर्शनीको आयोजना समेत गरेको थियो।

कार्यक्रममा स्वागत एञ्जल्स एकेडमीका विशाल गिरीले, धन्यवाद ज्ञापन प्रिन्सिपल टिकाराम पौडेलले र अरनिको अभियानका संयोजक गणेश जि.सी.ले स्मृति दिवसका दुई दिनमा अरनिको, उनका कृतित्व र योगदानलाई आजको कला, साहित्य, संस्कृति, अन्तरदेशीय सम्बन्ध, हिमाली सभ्यता, नेपालीकलाको प्रसार र डायस्पोराको प्राचीन मध्यकालीन सन्दर्भको आलोकमा विमर्श गरिएको र त्यस कार्यमा संलग्न विद्वान अग्रजहरू प्रति हार्दिक आभार र सहआयोजक प्रति धन्यवाद ज्ञापन गरेका थिए ।
अभियानको तेस्रो दिन वयोवृध्द अग्रज कलाकार हरिप्रसाद शर्मालाई उहाँकै निवासमा पुगेर दीर्घ साधनाको सम्मान स्वरूप अरनिको अभिनन्दन गरियो ।
नेपालको ऐतिहासिक तथ्यहरूको अध्ययनका आधारमा अग्रज कलाकार शर्माले लामो समयदेखि ऐतिहासिक चित्रकलाको साधना गर्दै आएका छन् ।
अरनिकोले तिव्वत प्रस्थान गर्नुअघि विदाई हुँदै गर्दाको उनको चित्र विशेष उल्लेखनीय छ ।
सोही दिन अपरान्ह नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जाउलाखेलको कलाकक्षमा अरनिकोका प्रतिनिधि कलाकृतिहरूका छविचित्रको प्रदर्शनी र प्रस्तुति गरियो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा।राजन खनालको विशेष उपस्थिति तथा वरिष्ठ अध्ययन निर्देशक लगायत प्रतिष्ठानका अधिकारीहरू र कलाप्रशिक्षार्थीहरूको उपस्थितिमा अरनिकोका कलाकृतिहरूको नमुना प्रस्तुत गरिएको थियो ।