दक्षिण कोरियामा पाँचथरका एक युवकको मृत्यु

पाँचथर । दक्षिण कोरियामा कार्यरत पाँचथरका एक युवकको ज्यान गएको छ । वैदेशिक रोजगारीका सिलशीलामा दक्षिण कोरिया पुगेका पाँचथरका कुम्मायक गाउँपालिका– २ स्थित माङजाबुङका भिमन्त सेर्माको निधन भएको हो ।
उनी सुतेकै अवस्थामा फाल्गुन २९ गते बिहान मृत भेटिएको बताइएको छ । सेर्मा दक्षिण कोरियाको एरीया ख्यागिदो खाङ्जुसि थेजनदोङ ५९५ बन्जी कम्पनीमा कार्यरत थिए। उनी यसअघि पनि पाँच वर्ष इपिएस कामदारको रुपमा दक्षिण कोरिया बसेर आएका थिए। पुनःदोस्रो पटक रोजगारीका लागि कोरिया पुगेको करिव १८ महिना भएको थियो।
उनको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । पोष्टमाटर्म रिपोर्ट आउन करिव १० दिन लाग्ने पुर्वाअञ्चल सरोकार समाज दक्षिण कोरियाका अध्यक्ष गजेन्द्र सेर्माले जानकारी दिए । मृतक सेर्माका २ छोरी र एक छोरा रहेका छन।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय