
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौँ । स्नायु रोगले ग्रस्त हुनेको संख्या बढेसँगै यसको उपचारका विभिन्न विधिहरु प्रयोगमा ल्याइएका छन् । नेपालमा पनि स्नायुको समस्या भएकाहरु हरेक वर्ष बढ्दो क्रममा छन् । त्यसैले पनि सरकारी अस्पतालमा विरामीको सहजताका लागि नयाँ उपचार प्रविधिको सुविधा दिने तयारी गरिएको छ । वीर अस्पतालको न्यूरो सर्जरी विभागले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन, जस्ता रोग उपचारका लागि ब्याट्रीबाट विद्युतीय तरंग दिएर चल्ने डिप ब्रेन स्टिमुलेसन उपचार विधि भित्राउने तयारी गरेको हो ।
विश्वमा कुल जनसंख्याको एक प्रतिशत व्यतिm स्नायु रोगबाट ग्रसित छन् । त्यसमा पनि दक्षिण एसियाली देशहरुमा अन्य देशको तुलनामा छारे रोेगका बिरामी बढी रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । अझ नेपालको कुरा गर्दा त, दक्षिण एसियाली देशहरुमा रहेका स्नायु रोग ग्रसितहरु मध्ये करिब तीन प्रतिशत नेपालमा हुन सक्ने अनुमान चिकित्सकहरु छ । पार्किन्सन, छारेरोग, हातखुट्टा काँप्ने र पुरानो डिपे्रसन जस्ता रोगहरू मस्तिष्कमा ‘डोपामिन’ भन्ने रसायनको कमीले हुने समस्या हो । यो समस्या उमेर या अन्य कारणले मस्तिष्कको ‘डोपामिन’ उत्पादन गर्ने कोष सुृकेमा रसायन उत्पादन हुने क्रम बन्द हुन्छ वा कम उत्पादन हुदाँ यस्तो समस्या निम्तने गर्दछ । यो रसायनले शरीरका अन्य भागलाई चलायमान गराउँछ । तर रसायनको कमी भएको अवस्थामा शरीरको सन्तुलन बिग्रिने, हातखुट्टा काँप्ने, डिप्रेसन जस्ता रोग लाग्ने गर्दछ ।
पार्किन्सन, छारेरोग, हातखुट्टा काँप्ने जस्ता रोगहरुमा औषधि सेवन वा पुरानो विधिबाट शल्यक्रिया हुँदै आएको छ । तर, यी दुवै उपचारले सबै विरामीका लागि प्रभावकारी नभएको चिकित्सक बताउँछन् । चिकित्सकहरुका अनुसार औषधि सेवन गरेमध्येमा १५ देखि २० प्रतिशतलाई औषधिले काम गर्दैन । औषधिले काम नगरेका बिरामीलाई शल्यक्रियाको आवश्यकता पर्छ । त्यसैले यस्ता दुवै उपचारपद्धतीबाट निको भएका विरामीलाई लक्षित गरेर वीर अस्पतालको न्यूरो सर्जरी विभागले ब्याट्रीबाट विद्युतीय तरंग दिएर चल्ने डिप ब्रेन स्टिमुलेसन प्रविधि ल्याउन लागेको छ । निजी केही अस्पतालमा यो प्रविधिबाट उपचार गरि पनि सरकारी क्षेत्रबाट वीर अस्पतालमा पहिलो पटक ब्रेन स्टुम्युलेसन, भेगल नर्भ स्टिमुलेसन तथा अन्य उपचार विधि ल्याउन लागिएको हो ।
यो उपचार विधि पार्किन्सन, छारेरोग, डिप्रेसन, डिस्टोनिया, ओसिडी, शारीरिक कम्पन जस्ता समस्याहरुका लागि उपयोगी मानिएको छ । वीरमा यो प्रविधि ल्याउने तयारी भएसंगै यस्ता समस्या बिरामी लभावित हुनुका साथै आर्थिक अवस्था कम्जोर भएका व्यतिm समेत उपचारको पहुँचमा ल्याउन सकिने अपेक्षा समेत अस्पतालको छ ।