News 24 Television
जानकारीबिना गठबन्धन भत्काएकामा एकीकृत समाजवादीको असन्तुष्टि
rajendra-1

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सो कुरा बताएका हुन् ।

नेता पाण्डेले कामका लागि दैनिक सयौँ युवा विदेसिनुपर्ने बाध्यता रहेको र प्रभावकारी रुपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको उल्लेख गर्दै बेरोजगारी बढ्दा जनतामा निराशा बढेकोबारे सरकारको ध्यानाकर्षण गराए ।

संसदबाटै बनेको कानुनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको बताउँदै उनले विद्यार्थी अध्ययनका लागि विदेसिनु परेकोमा चिन्ता जाहेर गरे । जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिँदै उनले प्रधानमन्त्री दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराए ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update