गजल : म सम्झेर बस्छु...

- नारायण नेपाल
आसमानी साया म सम्झेर बस्छु,
हेर, दायाँ-बायाँ म सम्झेर बस्छु !
ओठ, गाला, हाँसो, त बान्की र बोली,
निष्ठुरीको काया म सम्झेर बस्छु !
प्रेयषीको तातो परम् जान्छ सातो,
आँत पारी छायाँ म सम्झेर बस्छु !
गैगई जाने ऊ गरोस् जे, परन्तु,
पुक्कुलीको माया म सम्झेर बस्छु !
बेश हुन्थ्यो आए तिमी यो घडीमा,
एक साथी पायाँ, म सम्झेर बस्छु !
---------
बह्र-ए-खफीफ (२१२२ २२१२ २२१२)
फ़ाइलातुन---मुसतफ़अ’लुन--फ़ाइलातुन
मख्बूनलगायतमा फरक पर्नसक्ने
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय