News 24 Television
प्रचण्डलाई दिल खोलेर ओलीको साथ : विरोधमा राप्रपा, जनमत र कांग्रेस
Bishwasko_Mat_100

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गठबन्धन दल फेरेसँगै तेश्रो कार्यकालमा तेश्रो पटक विश्वासको मत लिदैछन् । बुधबार ३० गतेका लागि तय भएको विश्वासको मत लिने प्रक्रियाको सबै तयारी पुरा भइएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डलाई क–कसले विश्वासको मत दिदैछन त ? प्रतिपक्षमा हुँदा सत्तोसराप गरेको एमाले किन हौसिएको छ ?

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारको आलोचना नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको बारेमा कुनै आलोचना गर्नुप¥यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ सबैलार्ई सचेत गराए ।

अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउने काममा पहलकदमी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेकाले त्यसलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको पनि दोहो¥याए । यस्तै ओलीले दिल खोलेर प्रचण्डलाई विश्वासको मत दिन समेत निर्देशन दिएका छन् ।

https://youtu.be/G07k_XXgJ4I

एमालेले जस्तै प्रधानमन्त्री प्रचण्डलाई एमाले–माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।

यता, प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेससहित जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले भने विश्वासको मत नदिने निर्णय गरेका छन् ।

सत्ता गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिने कार्यतालिका छ । यस्तोमा उनले विश्वासको मत पाउने देखिन्छ । सत्तामा एमालेको प्रवेशसँग ओलीले प्रचण्डको प्रशंसा गर्दै तलमाथि नगर्न निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update