News 24 Television
जसपाद्वारा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्णय
upendra yadav

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज अपराह्न सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए ।

उनले भने, “फागुन ३० गते प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको छ ।”

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update