क्यान्सर पीडित पत्रकार सेर्मालाई पराजुली दम्पतिद्वारा आर्थिक सहयोग

काठमाडौं । क्यान्सर पीडित अग्रज पत्रकार कविन्द्र सेर्मालाई पाँचथर फिदिम - १ स्थित पराजुली दम्पतिले आर्थिक सहयोग गरेका छन् ।
घाँटीको क्यान्सर भइ भक्तपुर क्यान्सर अस्पतालमा उपचाररहत पत्रकार सेर्मालाई श्याम बिक्रम पराजुली र सरस्वती पराजुलीले रु ३० हजार सहयोग गरेका हुन् ।
पराजुली दम्पतीले शुक्रबार पीडित सेर्मालाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका थिए । लामो समय पत्रकारितामा समेत रहेका श्याम विक्रम पराजुलीले सेर्माको शिघ्र स्वास्थय लाभको कामना पनि गरेका छन् ।
क्यान्सर पीडित सेर्मा भक्तपुरस्थित क्यान्सर अस्पतालमा केही महिनादेखि उपचाररत छन् । लामो समयदेखि पत्रकारितामा सक्रिय सेर्माको उपचारका लागि आर्थिक अभाव भएको छ । थप उपचारका लागि उनले अझै आर्थिक सहयोगको याचना गरिरहेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय