
- सन्दीप शर्मा
काठमाडौं । हिमालयको देश भनेर चिनिने नेपालमा यिनै हिमालमा रहेका शवको व्यवस्थापन भने चुनौतिपूर्ण बनिरहेको छ । हाल नेपालका ४ सय ५ वटा हिम शिखरहरु आरोहणका लागि खुला छन् । तर, यि हिमशिखरमा वर्षौदेखिका शव थुप्रेका छन् ।
शव हिउँमा जमेर बस्दा यसले दीर्घकालिन प्रभाव पार्ने भएपनि अवस्था सुधारमा भने प्रभावकारी योजना अझै देखिएको छैन ।
विश्वकै सर्वाेच्च शिखर सगरमाथासहित नेपालमा ८ हजार मिटर भन्दा अग्ला ८ हिमाल छन् भने ६ हजार भन्दा माथिका एक हजार ३ सय १० चुचुरा छन् ।
यी मध्ये ४ सय ५ वटा हिम शिखरहरु आरोहणका लागि सरकारले खुला गरेको छ । तर खुला गरिएका हिम शिखरमा कति आरोहीहरुको शब रहेको छ भन्ने एकिन तथ्यांक छैन ।
सगरमाथमा मात्रै बषौं देखिका करीब एक सय ५० भन्दा बढी शबहरु रहेका अनुमान छ भने समग्र शिखरहरुमा गरि २ सय भन्दा बढी शवहरु रहेको आकलन छ ।
सगरमाथामा १९७९ सालमा सात हजार मिटरको उचाइ नजिक सात नेपाली शेर्पाको हिमपहिरोमा परी मृत्यु भएको थियो । उनीहरुको शब अझै पनि हिमालमै रहेको भनिन्छ ।
त्यस भन्दा अगाडि ब्रिटिसले कति जना हिमाल आरोहणका लागि पठायो र ज्यान गुमाएहरु मध्ये कतिलाई आधार शिविरमा ल्याईयो र कति हिमालमै छन् भन्ने एकिन तथ्यांक नेपाल सरकारसँग छैन । तर ७ नेपाली शेर्पाहरुको शब लाई आधार मानेर हेर्ने हो भने सगरमाथामा एक सय २ बर्ष भन्दा पुराना शवहरु रहेका छन् ।
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका केहीको शब आधार शिविरमा ल्याउने गरिए पनि कतिपय शबहरु जोखिम युक्त स्थानमा हिउँले पुरीएर आईस बनेको अवस्थामा छन् ।
ति शब आधार शिविरमा झार्न निकै जोखिम मोल्नु पर्छ, उद्धार कर्ताको ज्यान नै जाने सम्भावना धेरै हुन्छ ।
सजिलो स्थानमा रहेका शबहरु पनि आधार शिबिरसम्म ल्याउन प्रतिशव सामान्यतया ५० देखि ६० लाख नेपाली रुपैयाँ खर्च हुने गर्छ । त्यसैले बषौं देखिका शबहरु सगरमाथामा थुप्रेका छन् ।
गत बर्ष पनि सगरमाथामा हिमाल आरोहणका क्रममा १७ आरोहीले ज्यान गुमाए । तीमध्ये ८ जनाको लास व्यवस्थापन गरियो भने बाँकीको शब हिमालमै रहेको पर्यटन विभागको भनाइ छ । सन् २०१४ मा आइसफलको हिमपहिरोमा परेर १६ जना शेर्पाको ज्यान गएको थियो ।
त्यसको एक वर्षपछि विनाशकारी भूकम्पमा परेर आधारशिविरमा १९ जना आरोहीको ज्यान गएको थियो । अहिले सगरमाथा आरोहण गर्ने बाटोमा ५ शब देखिएको छ । यि शवको व्यवस्थापनको तयारी भइरहेको छ ।
हिमालमा एक सय बर्ष पुराना शबहरु भएपनि चिसोका कारण ति शबहरु सडेका छैनन् । यसले हिमाल आरोहणमै समेत दीर्घकालिन असर पर्ने निश्चित छ । त्यसैले तालुकदार निकायले यसलाई गम्भिरतापूर्वक लिनै पर्ने देखिन्छ ।