
- कृष्ण कन्दङ्वा लिम्बू
काठमाडौं । प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सत्ता समीकरण बदलेपछि नेपाली काँग्रेस यतिबेला संसदको प्रतिपक्षी कित्तामा धकेलिएको छ । प्रचण्डले यही फागुन २१ गते नेपाली काँग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाइसकेका छन् ।
यसपछि काँग्रेसले प्रधानमन्त्री प्रचण्डप्रति विभिन्न टिप्पणी गर्दै गर्न थालेको छ । दैनिकजसो टिप्पणी गरिरहेका काँग्रेस नेताहरुले पछिल्लो राजनीति गतिविधिहरुप्रति भने फरक फरक मत दर्शइरहेका छन् ।
काँग्रेसले संसदबाट प्रचण्डमाथि राजनीतिक बेइमानी गरेको भन्दै गम्भीर आरोप लगाइरहेको छ । विना आधार आफ्ना मन्त्रीहरुलाई दोष देखाउनुका साथै पार्टीको आन्तिरिक विषयलाई प्रचण्डले मुद्धा बनाएर गठबन्धन भाँडेको आरोप छ । सानातिना विषयवस्तुहरुलाई उठाएर निर्वाचनताका गठबन्धनले गरेका वाचाहरुमाथिसमेत प्रचण्डले धोका दिएको काँग्रेसको बुझाइ छ ।
बिहीबार संसदमा आफूसंग गठबन्धन मार्फत निर्वाचनमा होमिएर माओवादीले सरकारको नेतृत्व लिएको र अहिले आएर प्रतिपक्षीसँग सत्ता सहयात्राको थालनी गरेको भन्दै प्रचण्डलाई काँग्रेसले नैतिक प्रश्न गरेको थियो ।
प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेकै दिन आफू बाँचुन्जेल मुलुकमा उथलपुथल हुने भन्दै दिएको अभिव्यक्तिप्रति पनि काँग्रेसले कटाक्ष गर्दै गर्यो ।
आज अर्कोसँग र भोलि अर्कोसँग टाप कस्ने प्रवित्ति उथलपुथल नभएको भन्दै काँग्रेले संसदलबाट प्रतिजवाफ दियो ।
आँफै सामाजिक न्याय, सुशासन र विकासप्रति उत्तरदायी हुन नसकेको तर आफ्ना मन्त्रीहरुलाई दोष देखाएउँदै असान्दर्भिक रुपमा सरकारबाट पाखा लगाइको प्रधानमन्त्री प्रचण्डमाथि आरोप छ ।
उता प्रचण्डले भने काँग्रेसको महासमिति बैठकले माओवादी जनयुद्धलाई गलत व्याख्या गरेको तथा गठबन्धनकै भावनाविपरित भावि निर्णयहरु गरिएको भन्दै आफू काँध फेर्न बाध्य भएको प्रष्टिकरण दिँदै आएका छन् । तर बदलिँदो राजनीतिक परिदृष्यप्रति भने काँग्रेसका अन्य नेताहरुले भने यसलाई स्वभाविक मानेका छन् ।
एकातर्फ संसदमा नेताहरु आक्रोशित भइरहँदा अर्कोतर्फका नेताहरु भने प्रचण्डले कुनै न कुनै दिन धोका दिने निश्चित रहेको पूर्वआंकलन रहेको भन्दै समयमै धोका पाइएकोले यसलाई स्वभाविक लिनुपर्ने बताउँदै आएका छन् ।
तर उता संसदलमा भने काँग्रेस प्रमुख सचेतकले प्रचण्डमाथि आक्रोश पोख्दै उनलाई धोकेवाजको संज्ञा दिए । साथै मुलुकमा प्रचण्डले धोका नदिएको बाँकी कुनै दल नभएको गर्दै उनले एमालेसँग सहकार्यको घुमाउरो प्रस्ताव राखे ।
यही तर्कलाई पुष्टि हुनेगरी गठबन्धन टुट्ने वित्तिकै काँगे्रस सभापति शेरबहादुर देउवाले पनि दलहरुमाथि गठबन्धनको प्रस्ताव राख्दै नेताहरुलाई प्रधानमन्त्रीको अफर गर्दै हिँडेका थिए ।
देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र नेकपा एकीकृृत समाजवादी अध्यक्ष माधव नेपाललाई अर्को नयाँ गठबन्धनको प्रस्ताव गरे । यद्यपि यो गठबन्धन भने व्युँतन पाएन । तरपनि आगामी दिनमा एमाले–माओवादीको गठबन्धन टुटेर एमाले–काँग्रेसको गठबन्धन नबन्ला भन्न सकिने अवस्था छ ।
साथै अहिले काँगेसलाई लत्याएर बनेको गठबन्धनप्रति काँग्रेसभित्रै दुईधार प्रष्ट रुपमा देखिएको छ । यसले पनि काँग्रेस–एमालेको भविष्यमा सहकार्य हुनसक्ने शंकलाई जिवितै राखेको छ ।
(भिडियो)