News 24 Television
चार लाख श्रद्धालुले गरे पशुपतिनाथको दर्शन
BBB_KTM-IMG_0003

काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ताले जानकारी दिए ।

बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ । भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान २ बजेदेखि खोलिए पनि भीड भने घटेको छैन ।

दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए । उनीहरु भने बिहानै दर्शन गरेर फर्किसकेका प्रवक्ताले बताए । कोषले आज कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

- रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update