
काठमाडौं । सुरक्षित जीवन तथा परिवारको भविष्य सुनिश्चित गर्नको लागि जीवन बीमा अत्यावश्यक रहेको कारणले नेपालमा जीवन बीमाको बढ्दो संख्या बढ्दो क्रममा रहेको छ ।
साथै समय व्यस्तताका कारण घरायसी तथा व्यवसायिक भुक्तानीको लागि अनलाइनका माध्यमहरूको लोकप्रियता पनि बढ्दा रुपमा रहेको छ ।
यी दुवै कुराहरूलाई मध्यनजर गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रा.लि.ले एउटा विशेष अफर लिएर आएको छ ।
यस अफर अन्तर्गत इसेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउन सक्नेछन्।
पुरस्कार राशि नगद पचास हजार बराबरको हुनेछ । यस विशेष अफरको बम्पर पुरस्कार विजेताले नगद पचास हजार रुपैयाँ वा पचास हजार बराबरको ल्यापटप वा पचासै हजार बराबरको स्मार्टफोन जित्न सक्नुहुनेछ भने ५ भाग्यशाली विजेताले स्मार्टवाच तथा थप ५ भाग्यशाली विजेताले एयरबड्स जित्न सक्नेछन्।
यसका साथै इसेवा बाट पहिलो पटक जीवन बीमाको प्रिमियम तिर्ने सबै प्रयोगकर्ताहरूले रु। १०० क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ। क्यासब्याक पाउनको लागि इसेवाबाट प्रिमियम तिर्दा ‘लाइफ १००’ प्रोमोकोडको प्रयोग गर्नुपर्नेछ ।
इसेवाबाट प्रिमियम तिर्ने सबै ग्राहक यो अफरको लागि स्वचालित रुपमा योग्य रहनेछन् भने पुरस्कार जित्नको लागि प्रयोगकर्ताहरूको के।वाई।सी भने प्रमाणित भएको हुनु पर्नेछ ।
बम्पर पुरस्कार पुरस्कार विजेताहरूले २५५ राजस्व कर तथा अन्य कुनै पनि सरकारी करहरूका लागि स्वयम् भागीदार हुनु पर्नेछ ।
फाल्गुन २० देखि चैत्र १० सम्म चल्ने यस विशेष अफरको विजेता भने अफर अवधि सकिएपछि फेसबुक लाइफ मार्फत गोलाप्रथाबाट छनौट गरिनेछ ।