देउवा र माधव नेपालबीचको भेटवार्तामा के भयो कुराकानी ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पूर्वप्रधानमन्त्री रहेका दुवै नेताबीचको सो भेटमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जानकारी दिए ।
उनले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरुबीच पुनः छलफल हुने बताए । अध्यक्ष नेपालसँग मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि भेटेर कुरा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय