
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाएर पुनः एमालेसँग नै गठबन्धन कायम गरेसँगै अन्य दलहरुसँग पनि छलफल थालेका छन् । कांग्रेसले भने प्रधानमन्त्रीलाई दिएको विश्वासको मत पनि फिर्ता लिने निर्णय गरिसकेको छ । नयाँ गठबन्धनबाट मन्त्री बन्ने होड चलिरहँदा स्वास्थ्य मन्त्रालयमा चार वटै दलले चासो राखेका छन् । निवर्तमान मन्त्री मोहन बस्नेत भने निकै विवादित बनेका थिए ।
नेपाली कांग्रेसकै महामन्त्री गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा केही प्रशंसनीय काम गरेका थिए । त्यसको जस कांग्रेसले अहिले पनि लिने गरेको छ । तर कांग्रेसकै नेता मोहन बस्नेत स्वास्थ्यमन्त्री बनेपछि भने सधैं विवादित बने । यही मन्त्रालयबाट राम्रै जस लिन सकिने भएकाले नयाँ गठबन्धनका चारै दल यो मन्त्रालय लिन लालायित देखिन्छ । यद्यपि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निकै चुनौतिपूर्ण पनि छ । नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि स्वास्थ्य मन्त्रालयलाई संवेदनशील पदका रुपमा लिने गरेको पाइन्छ । तर नेपालमा स्वास्थ्य मन्त्रालय सबैको राजनीतिक दलको नजर पर्नु स्वास्थ्य क्षेत्रको सुधार नभएर व्यतिगत स्वास्थ्य लुकेको स्वास्थ्य क्षेत्रका जानकारहरुको बुझाई छ ।
निवर्तमान स्वास्थ्य मन्त्री बस्नेतको १० महिने कार्यकाल भने फण्डा गरेर नै वित्यो । बस्नेतले मन्त्रीको पदभार ग्रहण गरे लगत्तै स्वास्थ्य क्षेत्रमा रहेका बेथिति र विसङ्गतिको अन्त्य गर्ने प्रतिवद्धता जनाएका थिए । तर बस्नेतले गरेका निर्णयहरु विवादरहित बन्न सकेन ।
बस्नेतले गरेका विवादित निर्णयहरु के थिए ?
१. वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई मंसिर १४ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको कार्यकारी निर्देशकबाट हटाएर मन्त्रालयमा तान्ने निर्णय ।
२. वीर अस्पतालमा भएका २ सय ७.६ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय पछि अस्पतालबाट १ सय ८५ नर्सिङ जनशतिm सहित अन्य जनशक्ति कटौती ।
३. वीर अस्पतालमा कार्यविधि विपरीत करारमा कर्मचारी नियुक्ति, नियुक्त गरिएका १० जना आफ्नै गृह जिल्ला ।
४. आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने भए पनि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई स्पष्टीकरण ।
५. तत्कालीन सञ्चार तथा सूचना मन्त्री भएका समयमा टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स खरिद प्रकरणमा उनले भ्रष्टाचार गरेको आरोप । अख्तियारमा बयानमा बोलाइएको ।
बस्नेत मात्र हैन, यसअघि बनेका धेरै स्वास्थ्य मन्त्रीहरु पनि कामको कारणले भन्दा आलोचनाका कारण बढि चर्चामा आउने गरेका छन् । बस्नेत भन्दा पहिला एमालेबाट स्वास्थ्य मन्त्री बनेका पदम गिरीको कार्यकाल ४१ दिनको मात्र रह्यो । तर उनको ४१ दिने कार्यकाल काम भन्दा बढि उद्घाटनमा बितेको आरोप लाग्ने गरेको छ । उनै गिरी नयाँ गठबन्धनमा पनि मन्त्री बनेका छन् । यद्यपि उनको मन्त्रालयको टुंगो भने लागिसकेको छैन ।
पुराना स्वास्थ्य मन्त्रीहरुको कार्यकालको कुरा गर्दा २०७५ जेठ १८ गते जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री बनेर स्वास्थ्य मन्त्रालय प्रवेश गरेका थिए । उपप्रधानमन्त्रीकै हैसियतमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले मन्त्रालयको काममा कुनै चासो नदेखाएको आरोप लागेको थियो । साथै उनले ‘डुलुवा असफल स्वास्थ्य मन्त्रीको उपनाम नै पाएका थिए । तर यादवलाई करिब डेड वर्षपछि स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरि स्वास्थ्य मन्त्रीमा भानुभक्त ढकाललाई जिम्मेवारी दिइएको थियो ।
भानुभतm ढकाल स्वास्थ्यमन्त्री भएको दुई महिनापछि नेपालमा कोरोना भाइरसको संक्रमण देखियो । नेपालमा पनि जोखिम बढेको भन्दै विज्ञहरुले ढकाललाई पूर्व तयारी गर्न सुझाव समेत दिएका थिए । तर उनले चीनमा पानी प¥यो भन्दैमा नेपालमा छाता ओढ्न आवश्यक नभएको भन्दै संसदमा गैरजिम्मेवार जवाफ दिएका थिए । साथै कोरोना महामारी फैलिरहेको समयमा संक्रमण रोकथाम तथा औषधि उपचार बढाउनु पर्ने समयमा कोरोना भाइरसको उपचारका लागि आवश्यक मेडिकल सामग्री खरिद लगायतका विषयमा भ्रष्टाचार गरेको आरोप समेत उनी माथि लागेको छ।
ढकालपछि हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्रालय सम्हाल्न आए । उनी २०७७ पुस १० गते स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । पदमा रहदा कोराना विरुद्धको खोप आएका कारण उनको केहि तारिफ भए पनि त्यो धेरै समय टिक्न सकेन । उनले नेपालमा दर्ता नै नभएको अवैध औषधि मन्त्रालयमा नै दाताबाट लिएपछि उनको सर्वत्र ओलोचना भएको थियो ।
त्रिपाठीपछि स्वास्थ्य मन्त्रीमा शेरबहादुर तामाङ नियुक्त भए तर उनको कार्यकाल एक महिना पनि टिकेन ।
कृष्णोपाल श्रेष्ठ, एकीकृत समाजवादीका नेता विरोध खतिवडा, भवानी खापुङ हुदै पदम गरी र मोहन बस्नेतले स्वास्थ्य मन्त्रालयको चाबी पाएका थिए । तर उनीहरु कामले भन्दा बढि विवादका कारण चर्चामा आए । अब फेरि कसले यो मन्त्रालय सम्हाल्ने अवसर पाउला, कस्तो काम गर्लान्, प्रतिक्षाको विषय बनेको छ ।