
काठमाडौँ । माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउँदै ४ सदस्यीय मन्त्रिमण्डल समेत विस्तार गरेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकमा कांग्रेसले आशन्न उपनिर्वाचनको तयारी गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै अब प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । तर, नयाँ गठबन्धनबारे संशय भने पैदा भएको देखिन्छ ।
नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेसले प्रचण्डले गठबन्धन अप्रत्यासित रुपमा भत्काएको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सरकारबाट बाहिरिनुपर्ने धेरै कारण रहेको दाबी गरेको कांग्रेसले गठबन्धन फेरिनुमा राजनीतिक चलखेलदेखि विभिन्न विषय रहेको र मन्त्रीका कारण यस्तो स्थिति सिर्जना नभएको दाबी गरिएको छ ।
गठबन्धन तोड्ने विषय मन्त्रीको कार्यसम्पादनको विषय नभएको र यसमा स्वार्थले काम गरेको आरोप कांग्रेस नेताहरुको छ । भने चुनावी म्याण्डेटबाट माओवादी केन्द्र तर्किन खोजेको आरोप समेत लगाइएको छ ।
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अब फेरि विश्वासको मत लिनुपर्नेछ । कांग्रेस सरकारबाट बाहिरिएसँगै अब प्रतिपक्षी बेञ्चमा पुगेको छ । यता, नयाँ गठबन्धन लामो समयसम्म नजाने भन्दै केहि नागरिक अगुवा तथा वाम वुद्धिजिवीले समेत संकेत गरेका छन् । गठबन्धन घरिघरी फेरिनु सुखद् स्थिति नरहेको भन्दै श्याम श्रेष्ठले यो गठबन्धन जुनसुकै बेला भत्किन सक्ने दाबी गरेका छन् ।
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि गठबन्धन टुटेको विषय भने खास प्रतिक्रिया दिएको छैन् । सत्ता गुमाएको कांग्रेस अब उपचुनाव केन्द्रित बन्ने दाबी गरेको छ । तर अब कांग्रेसभित्रको राजनीति कसरी अघि बढ्छ भन्ने आमचासो भने व्यापक बनेको छ ।