यात्रुबाहक बस त्रिशुलीमा खस्दा ६ को मृत्यु, ३० घाइते

- बासु श्रेष्ठ
काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे बसति बस अनियन्त्रित भई त्रिसुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएका छन् ।

नदीमा खसेकामध्ये १३ जनाको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट खटिएको टोलीले जिवितै उद्धार गरेको छ । यद्यपि केही अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका यात्रुहरुलाई उपचारका लागि गजुरी अस्पतालतर्फ पठाएको छ ।

दुर्घटना क्षेत्रमा अहिले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० ०७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय