
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नयाँ दलसँगको सत्ता समीकरण अनुसार सरकार विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चार सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेपनि नयाँ गठबन्धनमा छलफलपछि मात्रै सरकारलाई पूर्णता दिने भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका दलहरु सम्मिलित सत्ता गठबन्धन टुटेपछि बनेको नयाँ गठबन्धनले औपचारिकता पाएको छ । प्रधानमन्त्री प्रचण्डले माओवादीबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल (डीपी)लाई समेटेर सरकार विस्तार गरेका हुन् । योसँगै पुराना मन्त्रीहरु बर्खास्तीमा परेका छन् ।
राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीको सपथ गराएपछि कांग्रेससहितको गठबन्धन औपचारिक रुपमै टुटेको छ । तर, कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन के गर्छ भन्ने प्रश्न भने कायमै छ । यस्तोमा नयाँ मन्त्रीहरुलाई जिम्मेवारी भने दिइएको छैन् । प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयको जिम्मेवारी आफैसँग लिएर राखेका छन ।
केन्द्रिय सत्ता समिकरणमा एमालेले हस्तक्षेपकारी भूमिका खेलेपछि राष्ट्रपति निवासमा देखिएको दृश्यबारे समेत विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । मन्त्रीको सपथलाई कांग्रेस सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष तता पूर्वप्रधानमन्त्री माधव नेपालले बहिस्कार गरेका छन् । सत्ताबाट बाहिरिएको आलो घाउमा रहेका उनीहरुले सपथ बहिस्कार गरेपनि अझैं उनीहरुले सरकारलाई दिएको समर्थनबारे निर्णय लिइसकेका छैनन । यता, सत्ता गठबन्धनले समेत सरकार विस्तारलाई कहिले पुर्णता दिन्छ भन्ने कौतुहलता वढेको छ ।