News 24 Television
अन्ततः टुट्यो सत्ता गठबन्धन, आजै एमालेसहितको सरकार बन्दै
oli prachanda

काठमाडौं । अन्ततः वर्तमान सत्ता गठबन्धन टुट्ने भएको छ । काँग्रेससँग असमझदारी बढेपछि प्रचण्डले नयाँ समीकरण बनाउने भएका हुन् । यो सँगै आजै नेकपा माओवादी केन्द्रसहित, नेकपा एमाले, रास्वपा, राप्रपा लगायतका दलहरुले नयाँ गठबन्धनमार्फत नयाँ सरकार बनाउने भएका हुन् ।

वालुवाटारमा आइतबार अबेरसम्म बसेको दलहरुको बैठकले नयाँ गठबन्धन बनाएर अघि बढ्ने सहमति गरेको थियो । आइतबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने लगायतका नेताहरुको बैठक बसेको थियो ।

बैठकपछि सोमबार विहानै दलहरुको आन्तरिक बैठक बसेको र नयाँ गठबन्धनमार्फत सरकार बनाउने तयारी भइरहेको हो । दलहरुको दावी अनुसार आजै सबै मन्त्रीहरुलाई हटाएर सानो आकारको मन्त्रिमण्डल बनाइने छ । कुन दलबाट को-को मन्त्री बन्नेबारे प्रष्ट भइसकेको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update