ओली निवासमा एमालेको आकस्मिक सचिवालय बैठक

काठमाडौं । सत्ता गठबन्धनमा आएको बेमेलको प्रभाव स्वरुप नेकपा एमालेको आकस्मिक सचिवालय बैठक बसेको छ । यता आज विहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक भने स्थगित भएको छ ।
बदलिँदो राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न अहिले बालकोटमा एमालेको सचिवालय बैठक आकस्मिक रुपमा बसिरहेको हो ।
सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदा माथिको छलफल भने अन्योल भएको छ ।
उता एमाले सचिवालयको आकस्मिक बैठकले भने राजनीतिको नयाँ कोर्ष सुरु हुन लागको संकेत गरिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० ०८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय