News 24 Television
इटहरीमा आगलागीमा मृत्यु
aagolagi

इनरुवा । सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
स्थानीय विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता) सम्बन्धी औषधि सेवन गर्दै आउनुभएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update