News 24 Television
सामाजिक संजालको आडमा ‘हिरोइज्म’, खोक्रे समाजसेवा र शून्य नैतिकता ! (भिडियो)
aviyantaharu

काठमाडौं । प्रविधिको विकाससँगै आविस्कार भएका सामाजिक संजालहरु मानव समूदायका लागि बरदान सावित भएको छ । सामाजिक संजालको उचित प्रयोगले धेरैजसोले नाम र दाम दुवै कमाए ।

यसको सही सदुपयोगले मानव समुदायलाई भलो नै गरेको देखिन्छ । तर संसारलाई साँघुरो पार्दै भौगोलिक दूरी नै छोट्याइदिएको सामाजिक संजाललाई अनुचित तवरले प्रयोग गर्दा बिक्रितिहरुको कारण पनि बन्न पुगेको उदाहारण पनि प्रसस्तै छन् ।

नेपालमै पनि फेसबुक, युट्युवजस्ता सामाजिक संजालको आडमा विभिन्न अराजक गतिविधि बढेको छ । केहीले अभियान तथा संचारकर्म गर्ने नाममा सामाजिक संजालको प्रयोगमार्फत चरम विक्रिति सिर्जना गराइरहेको छन् ।

अझ भनौँ कतिपयले सामाजिक संजाललाई ठगी गर्ने विकसित थलोको रुपमा प्रयोग गरिरहेका छन् । कोही सामाजिक संजालकै प्रयोग गरेर समाजसेवा देखि अभियानतासम्म बन्ने प्रयासमा देखिन्छन् । तर अपारदर्शिता र नैतिकता गुमाउँदा यस्ता पात्रहरुमाथि बेला बेला गम्भीर प्रश्नसमेत उठ्ने गरेको पाइन्छ ।

सामाजिक संजालको आडमा अराजक मच्चाउने चर्चित पात्रहरु

शर्मिला वाइबा

आफूलाई सामाजिक अभियन्ता बताउने बताउने शर्मिला वाइबालाई बुधबार प्रहरीले पक्राउ गर्यो । उनलाई कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बाह्रबिसेबाट पक्राउ गरेका हो ।

हास्य कलाकार पवन खतिवडा बसेकै घरभित्रै गएर उनीमाथि हातपात गरेको वाइबामाथि आरोप छ । कलाकार खतिवडा र पत्नी सुम्निमाबीचको असमझदारी राम्रोसँग बुझेकी वाइवाले उनीहरुबीच सम्बन्ध विच्छेद गराइदिने र भागबण्डामा परेको रकम सुम्निमाबाट आधा लिने सर्तसमेत गरेको आरोप लागिरहेको हो ।

वाइवा विगत देखि नै यस्ता अराजक र विवादित प्रकरणमा नाम जोडिँदै आएकी पात्र हुन् । युट्ववरसमेत बताउने उनले यसअघि एक भिडियोमा अन्तवार्ता दिनेमाथि क्यामेरा अघि नै हातपात गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

कृष्ण कडेँल

लामो समयदेखि लोकदोहोरी संरक्षणको अभियानमा रहेका कृष्ण कँडेल पनि यौन दुरव्यहार देखि रकम अपचलन गरेकोसम्मको आरोप खेपिरहेका छन् । त्यति मात्रै नभइ उनीबिरुद्ध केही युवतीहरुले अनौतिक व्यवहार गरेकोसमेत आरोप लगाएका छन् ।

सामाजिक संजालकै आडबाट चर्चा र समर्थन पाएका कडेलविरुद्ध यतिबेला अदालतमा समेत यौन दुर्व्यवहारको मुद्धा दर्ता भएको छ ।

इन्द्रेणीका संचालक कडेलमाथि उनकै पूर्वसहकर्मीहरुले पटकपटक यौन दुर्व्यहार प्रयास गरेको र कयौँ पटक अनौतिक आचरणको सिकार भएको भन्दै मुद्धा दर्ता गराएका हुन् ।

कंडेलमाथि विभिन्न व्यक्तिको उपचारका लागि संकलित रकम हिनामिना गरेको तथा अपादर्शी कारोबार गरेकोसमेत आरोप छ । यद्यपि उनले आफूमाथि लाग्दै आएका सबै आरोपहरुको खण्डन गर्दै आइरहेका छन् ।

ज्वाला संग्रौला

अभियन्ताका नाममा सामाजिक संजालमा छिनछिन्मै अनेक टिप्पणी गर्ने र अराजकता मच्चाउने पात्रमा ज्वाला संग्रौला पनि पर्छिन्। विगतमा अनेक विवादमा मुछिदै आएकी ज्वालामाथि सरकारी कागजात कीर्ते गरेको समेत आरोप लाग्यो ।

केही वर्षअघि आफूहरु अभियान्ता भन्दै संग्रौलासहितको समुहले युवा संघकी केन्द्रीय सदस्यसमेत रहेकी खुस्वु घिमिरेमाथि गम्भीर कुटपीट गरे । साथै उनीमाथि रंगभेदी अभिव्यक्ति दिएको आरोपसमेत लाग्यो ।

सोही प्रकरणमाथि अनुसन्धान गर्ने क्रममा संग्रौलाले अदालती प्रक्रियाका लागि नक्कली कागजातहरु बुझाएको पाइएको थियो ।

प्रहरीले अनुसन्धान गर्दा संग्रौला र सर्मिला वाइबा एकै समूहको गिरोहको रुपमा अराजक कार्यमा सक्रिय भएको पाइएको थियो । पछि संग्रौलासहितको टिमलाई अदालतले धरौटिमा रिहा गर्न आदेश दियो ।

तारा बराल

अभियानताको नाममा विभिन्न हुल हुज्जत गर्ने र अराजक गतिविध गर्नेमा तारा बराल पनि पर्छिन् । सामाजिक संजालको माध्यममार्फत अतिरंजित अभिव्यक्ति दिने बराल पटक पक विवादमा पर्दै आएकी छन् ।

कहिले मानवीय समवेदनामाथि त कहिले संविधानमाथि नै आघात पुग्नेगरी अभिव्यक्ति दिने बराल सामाजिक सञ्जालको दुरुपयोग गर्दै समाजमा भ्रम र द्वेश फैल्याउने पात्रको शिर्ष सूचीमा पर्छिन् ।

धार्मिक तथा जातिय हिंसालाई समेत मलजल गर्ने बरालमाथि केही महिना अघि मात्रै हनि ट्रयापमा पारेर फसाउन खोजेको समेत आरोप लाग्यो ।

नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्दले आफूमाथि निराधार हल्ला फैल्याएर बरालले फसाउन खोजेको आरोप लगाएका थिए । आफूहरुबीच कुनै हमति नभइ विवाह गर्न लागेको भन्दै बरालले निराधार प्रचार गरेपछि पत्रकार सम्मेलन गरेर खण्डन गरेका चन्दले आफूलाई हनी ट्रयापमा पार्न खोजिएको उल्लेख गरेका थिए ।

पूर्वएआइजी चन्दले आफ्नो नाम जोडेर भएका टिप्पणीहरु गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यावसायिक र सामाजिक सम्बन्ध मात्रै रहेको प्रष्टिकरण दिएका थिए ।

साथै बरालले मसँग विभिन्न रेकर्ड छ भन्दैै भ्रम फैलाउने काम गरेको दाबी गरेका थिए । यसरी अतिरञ्जित तथा अराजक अभिव्यक्ति दिँदै सामाजिक अभियानता बनेका पात्रहरको हर्कतले सामाजिक संजालको चरम दुरुपयोग भइरहेको छ ।

अर्कोतर्फ सामाजिक संजालकै आडमा चर्चा कमाएर रकम संकलन गर्दै समाजसेवी बनेका पात्र र उनीहरुको चरित्रले समग्रमा सामाजिक संजालप्रतिको दृष्टिकोण नै नकारात्मक बनाइ दिएको छ ।

यस प्रकारको समाजसेवाबाट लक्षित वर्गले केही राहत पाएपनि मध्यस्तकर्ताहरुको अराजक, नैतिकहीन र अपारदर्शी हर्कतले सामाजिक संजालकै बदनाम भइरहेको हो ।

यसको व्यवस्थित प्रयोग र पारदर्शिताका लागि सरकारी तवरबाटै उपयुक्त नीति ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।

(भिडियो)

https://youtu.be/N7uHpSvs4LU?si=Lo02NC-oV4s9B1cZ

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update