काठमाडौं । भरतपुर महानगरपालिकाले मनाउन थालेको भ्रमण वर्षमा शीर्ष नेताहरुको भेला र राजनीतिक शक्ति प्रदर्शनको हिसाबले उच्च रह्यो । चार पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीलाई कार्यक्रममा उतारेर महानगर प्रमुख रेणु दाहालले कार्यक्रमलाई भव्य रुपमा उद्घाटन गराएकी छन् ।
उच्चपदस्थको भीड लागेको कार्यक्रमले पर्यटनमा योगदान दिन सक्ला ? भ्रमण वर्षले सफलता पाउला ? यो विषयमा भने अहिले नै भन्न सकिने अवस्था छैन् । भरतपुर महानगरपालिकाले भव्य कार्यक्रमको आयोजनासहित चितवन भ्रमण वर्ष २०२४ को उद्घाटन गरेको छ । चार पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीलाई उतारेर महानगर प्रमुख रेणु दाहालले आफ्नो शक्ति प्रदर्शन समेत गरिन् ।
प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दोश्रो कार्यकालका लागि महानगरको प्रमुखमा आसिन छिन् । भरतपुर महानगरपालिकामा ठूलो मात्राका विकास गर्नका लागि शक्तिको उपयोग मज्जाले गरेकी रेणुले भ्रमण वर्ष नै केन्द्र सरकारले झैं गरेर उद्घाटन गराइन् । कार्यक्रममा दलीय तिक्तताबीच ठूला दलका शीर्ष नेताहरुको लर्को नै लाग्यो ।
कार्यक्रममा पुगेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली छोटो समय बसे र कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर घुम्न सबैलाई अपिल मात्रै गरेनन्, रेणुसँग सहकार्य गर्न एमाले तयार रहेको सन्देश पनि दिए ।
ओलीपछि पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रमण वर्षलाई सफल पार्नुपर्ने भन्दै गठबन्धन सरकारमा तलमाथि नहुने भन्न भ्याए ।
यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि भ्रमण वर्ष सफलताको शुभकामना दिए ।
शीर्षस्थको शुभकामनासँगै उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मञ्चमा देखाउदै शक्ति जनतामा रहेको भन्दै आफूलाई पेश गरे ।
मेयरका रुपमा रहेकी आफ्नी छोरीले आयोजना गरेको कार्यक्रमको प्रमुख अथिति बनेका प्रधानमन्त्री प्रचण्डले भरतपुर देशकै नमुना महानगर बनेको भन्दै खुशी साटे ।
बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख, कलाकार तथा ठूलो संख्यामा जनसहभागिता गराएर उद्घाटन गरिएको भ्रमण वर्षमा पर्यटकको आकर्षण कस्तो रहला ? अबको चासो यसतर्फ सोझिएको छ ।
विकास निर्माणमा अग्र पक्तिमा रहेको भरतपुर महानगरले गौतम बुद्ध क्रिकेट स्टेडियमलाई समेत प्रचारमा समेट्न खोजिरहेको छ ।
महानगर प्रमुख भएकै बेला टेन्डर आह्वान हुनु र बुवा प्रधानमन्त्री हुनुले पनि रेणुको राजनीतिक उचाई चुलिदो देखिन्छ । तर, भ्रमण वर्ष सफल पार्न धेरै विषयले अर्थ राख्ने भएकाले अब महानगरले कस्तो रणनीति अख्तियार गर्ला ? आम चासो यसमा केन्द्रित बनेको छ ।
काठमाडौं । भरतपुर महानगरपालिकाले मनाउन थालेको भ्रमण वर्षमा शीर्ष नेताहरुको भेला र राजनीतिक शक्ति प्रदर्शनको हिसाबले उच्च रह्यो । चार पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीलाई कार्यक्रममा उतारेर महानगर प्रमुख रेणु दाहालले कार्यक्रमलाई भव्य रुपमा उद्घाटन गराएकी छन् ।
उच्चपदस्थको भीड लागेको कार्यक्रमले पर्यटनमा योगदान दिन सक्ला ? भ्रमण वर्षले सफलता पाउला ? यो विषयमा भने अहिले नै भन्न सकिने अवस्था छैन् ।
भरतपुर महानगरपालिकाले भव्य कार्यक्रमको आयोजनासहित चितवन भ्रमण वर्ष २०२४ को उद्घाटन गरेको छ । चार पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीलाई उतारेर महानगर प्रमुख रेणु दाहालले आफ्नो शक्ति प्रदर्शन समेत गरिन् ।