News 24 Television
सामाजिक न्यायका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री श्रेष्ठ
narayan kaji shrestha

राजविराज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्ध नेपाल निर्माण र सामाजिक न्याय स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

खड्क नगरपालिकास्थित कल्याणपुरमा खड्क बहुमुखी क्याम्पस भवनको उद्घाटन तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विकास र समृद्धिको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

जनताको सामाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उहाँको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचार निर्मूल आवश्यक भएको बताए ।

प्रहरी जनताको सेवाका निम्ति रहेकाले जनताको सुखदुःख र पीडामा उनीहरुलाई साथ दिनुपर्नेमा उनले जोड दिए । गृहमन्त्री श्रेष्ठले भने, “प्रहरी प्रशासन जनताको सेवाका निम्ति हुनुपर्छ, हामीले कडाइपूर्वक निर्देशन दिएका छौँ । कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस् ।”

उनले सबै मिटरब्याजपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। “मिटरब्याजपीडितको समस्या समस्या समाधान हुन्छ, यसका लागि हामीले कानून बनाएका छौँ । आयोग गठन गरी काम पनि गरिरहेका छौँ । सबै पीडितले न्याय पाउनुहुन्छ”, उनले भने ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update