News 24 Television
महिलालाई कांग्रेसमा दिइएन स्थान, विरोधमा उत्रिइन् आरजु ! (भिडियो)
congress mahila

काठमाडौं । बहुचर्चित प्रतिवेदनमा चर्काचर्की र तीव्र मतभेदकाबीच कांग्रेसले महासमिति बैठकबाट विभिन्न प्रतिवेदन पारित ग¥यो ।

यस्तोमा विशेष चर्चामा रहे, गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन । महामन्त्रीद्वयको प्रतिवेदनमा जति चर्काचर्की र विवाद भयो, महासमिति बैठक त्यति नै महिलाको मुद्दामा मौन रहेको भन्दै असन्तुष्टी पोखिएको छ ।

कांग्रेसमा गगन–विश्वप्रकाशको प्रतिवेदन विवाद र महिलाको मुद्दामा देखिएको विवाद के हो त ?

कांग्रेसले महासमिति बैठकमा चर्को बहस छलफल गरेको दाबी त ग¥यो । तर, महासमिति बैठकमा उपस्थित नेताहरुले खुलेर आफ्ना विषयमा छलफल बहस गर्न नसकिएको भन्दै आक्रोश पोखिरहेका छन् ।

यस्तो अवस्थामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन भने चर्चा र विवादको शिखरमै रहे । तर, कांग्रेसले सर्वसम्मतिले पारित गरेको प्रतिवेदनमा महिला नेतृहरुले भने चर्को असन्तुष्टी पोखेका छन् ।

कांग्रेसका यी नेतृले मात्रै नभएर अन्य धेरै महिला नेतृहरुले समेत महासमिति बैठकमा महिलाका मुद्दालाई ओझेलमा पारिएको र महिला सहभागीताको सुनिश्चिततामा प्रश्न खडा भएको तर्क अघि सारिरहेका छन् ।

महिला नेतृहरुले कांग्रेस धनाढ्यको पार्टी बनेकोदेखि महिला मुद्दामा संवेदनशील नबनेको भन्दै आक्रोश पोखिरहेका बेला कांग्रेस महासमिति बैठकमा विरोधको अवस्थिति अतिमै सीमित रहेन । महामन्त्रीद्धयका प्रतिवेदन नै बाँझिए ।

महामन्त्रीद्वयको प्रतिवेदनका मुख्य मतभेद

गगन थापा

१. महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदनमा चुनावी गठबन्धनलाई मुख्य मुद्दा बनाए । चुनावी गठबन्धन गर्नै नहुनेमा कांग्रेस महासमिति बैठक र नेतृत्वलाई पक्षमा ल्याउन बल गरेका गगन यसमा सफल समेत रहे ।

२. गगनको प्रतिवेदन लोक रिझ्याई र लोकप्रियताको पछाडी लागेर सभापति शेरबहादुर देउवामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने र उनलाई कमजोर पार्नेमा ध्यान केन्द्रित ।

३. आगामी महाधिवेशनमा पार्टी नेतृत्व लिनका लागि संवाद यात्रादेखि पार्टीमा लोकप्रिय मुद्दा उठाएर मत सिर्जना गर्नमा उद्दत ।

विश्वप्रकाश शर्मा

१. महामन्त्री विश्वप्रकाश शर्मा चुनावी गठबन्धन व्यक्तिगत भड्काव र मनोगत आधारमा भन्दा पनि समयको माग र परिस्थितिले सिर्जना गर्ने विषय भएको भन्दै गठबन्धनको बचाउमा उत्रिए ।

२. पार्टीलाई संस्थागत ढंगले अघि बढाउनु पर्ने र सबैखाले मुद्दामा खुला छलफल र बहस गरेर निष्कर्षमा पुग्नुपर्नेमा केन्द्रित ।

३. ठोस वस्तुको ठोस विश्लेषण गर्ने र पार्टी हितका लागि रणनीतिक रुपमा अघि बढ्ने । सस्तो लोकप्रिय मुद्दा भन्दा पनि राजनीतिक परिपक्कताको खोजी गर्ने ।

महामन्त्रीद्वयले यसरी प्रतिवेदनमा फरक मत देखाएपनि महिला मुद्दामा भने संवेदनशील रुपले प्रस्ताव पेश गर्न नसकेको आरोप कांग्रेस नेतृहरुले नै लगाएका छन् । उनीहरुले महासमिति बैठकमा महिलाको मुद्दा छलफलमा किन ल्याइएन भन्न विषयलाई केन्द्रमा राखेर अघि बढ्न खोजेको जस्तो देखिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update