
काठमाडौं । मुलुकमा दादुरा–रुवेलाको समस्या समाधान अझै हुन सकेको छैन । सरकारले सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ ।
जसका लागि नियमित खोप अन्र्तगत अन्य खोपसहित दादुरा रुबेला खोप पनि प्रदान गदै आएको छ । तर अहिले पनि नियमित खोप अन्र्तगत कुनै पनि खोप नलगाउने बालबालिकाको संख्या ४ प्रतिशत देखिन्छ ।
साथै अहिले पनि विभिन्न स्थानमा दादुराको प्रकोप देखिएका तथ्यले समेत दादुरा उन्मुलनको लक्ष्य हासिल गर्न सरकारलाई कठिन हुने देखिएको छ ।
नेपालमा अझै पनि दादुरा–रुवेलाको निवारण चुनौतिपूर्ण देखिएको छ । सन् २०१९ मा नै दादुरा रुबेला निवारण गर्ने लक्ष्य सरकारको थियो । तर, लक्ष्य हासिल नहुने देखिएपछि यो सीमा सन् २०२३ तोकियो । तर, विडम्बना २०२३ मै पनि दादुर प्रकोप बढ्न थाल्यो ।
यस्तो अवस्था पछि सरकारले पुनः निवारण लक्ष्य मिति सारेर सन् २०२६ पु¥याउनु पर्यो । यो मिति आउन अब केवल २ वर्ष बाँकी छ । तर पनि अहिले समेत दादुरा संक्रमित बिरामीको संख्या बढेको देखिनुले दादुरा निवारण लक्ष्यका लागि सरकारले तोकेको समयावधि मै उन्मुलन होला त भन्ने आशंका पैदा गराएको छ ।
करिब ९ महिना अघि देशका विभिन्न स्थानमा साथै काठमाडौंमा समेत दादुरा संक्रमित भेटिएको तथ्य बाहिर आएको थियो ।
यसरी पछिल्लो समय दादुरा संक्रमित देखिनुको कारण भनेको कोरोना महामारीको समयमा खोप लगाउन जाने बालबालिको संख्यामा आएको कमी र खोपको पूर्ण कभरेजमा कमी रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाको भनाई छ ।
तथ्यांकमा दादुरा संक्रमितको अवस्था
– २०७९ मंसिर ३ देखि २०८० पुष १५ सम्मको तथ्यांक अनुसार नेपालको १९ जिल्लामा १ हजार ३ सय ४९ जना दादुराका बिरामीहरु
– दादुरा देखा परेका १९ जिल्लाहरु मध्ये एक तिहाइभन्दा धेरै संक्रमित तराईका जिल्लाहरुमा
– दादुरा प्रभावित जिल्लाहरुमा बाँके सबैभन्दा धेरै प्रभावित जिल्ला
– बाँकेमा मात्रै ३ सय २९ जना दादुराका बिरामीहरु रहेको तथ्यांक
– दादुरा संक्रमित व्यक्तिहरुमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिका
– दादुरा संक्रमितहरु मध्ये दादुराको खोप नलगाएका २६ प्रतिशत
– दादुराको खोप एक मात्रा लगाएका २३ प्रतिशत
– दुई वा सो भन्दा बढी मात्रा लगाएका २१ प्रतिशत तथा दादुरा खोप लगाएको वा नलगाएको थाहा नभएको संख्या ३० प्रतिशत
दादुरा रोग छिटो फैलिने र मृत्युदुर पनि उच्च भएको संक्रामक रोग हो । यो रोग एक व्यतिmमा देखिएमा यसले १८ जना सम्मलाई संक्रमण सार्न सक्ने रोग हो । दादुरा संक्रमणबाट बच्न तथा फैलनबाट जोगाउन खोप नै महत्वपूर्ण एक माध्यम हो । तर खोपप्रति आम नागरिकमा चासो कम हुनु तथा महत्व नबुझ्नु, खोप अभियान फितलो हुनु, सबै स्थानमा खोपको पहुँच पुग्न नसक्नु जस्ता कारणले दादुरा संक्रमणलाई कम गर्न कठिनाई उत्पन्न भएको देखिन्छ ।
जसका लागि आम नागरिक पनि सचेत र जाकरुक हुन आवश्यक छ । साथै सरकारले आफ्नो खोप कार्यक्रमलाई प्रभावकारी बनाउन उचित कार्ययोजना ल्याउन आवश्यक देखिन्छ ।