भैरहवामा अन्तर्राष्ट्रिय उडानले व्यवसायीहरू उत्साहित
मंगलबार, कात्तिक २७, २०८१
लुम्बिनीमा भव्य मेला ! घुम्न विशेष प्याकेज !
सोमबार, कात्तिक २६, २०८१
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आउँदो मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ हुने भएको छ ।
बजारकै हिसाबकिताबमा गडबडी, दूधमा खडेरीको जोखिम !
सोमबार, कात्तिक २६, २०८१
दूधको बजारीकरणको समस्या बढ्दो क्रममा रहेकाले दुग्ध किसान विस्थापित हुने अवस्थामा पुगेका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष दूध र दुग्धजन्य पदार्थको बजारीकरणमा झनै समस्या देखिँदा पनि राज्यले प्रभावकारी कदम नचाल्दा अहिले संघसंस्थाहरु जुटेर बजारको व्यवस्थापनमा सक्रियता जनाइरहेका छन् ।
कर छली गर्नेका अनेक दाउ, शंकास्पदमाथि अनुसन्धान शुरु
शनिबार, कात्तिक २४, २०८१
मूल्य अभिबृद्धि र आयकर छलीको आशंकामा आन्तरिक राजस्व कार्यालय, भैरहवाले रुपन्देही र पश्चिम नवलपरासीका ७ दर्जन बढी वस्तु तथा सेवाको कारोबार गर्ने फर्ममाथि अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा बिक्रि बिल मात्रै काट्ने तर खरिद बिल पेस नगर्ने फर्म धेरै भेटिएका छन् ।
छठ पूजा सामग्रीमा परम्परा हराउँदै, काठ छोडी पित्तल–तामा राज्दै
मंगलबार, कात्तिक २०, २०८१
मैथली समुदायको महान पर्व छठका लागि चाहिने बाँसको दौरा, सुपुली तथा नाङ्गलोको व्यापार संकटमा पर्दैै गएको छ । छठ पर्वमा अर्घ्य दिनका लागि प्रयोग हुने बाँसको दौरा, सुपुली, नाङ्गलोको विकल्पमा पितल र तामाप्रतिको आकर्षणले दौरा, सुपुली तथा नाङ्गलोको विक्री घट्न थालेपछि बाँसको परम्परागत दौराको व्यापार संकटमा गर्न थालेको हो ।
सुनसान वसन्तपुर डाँडो, केबलकार बनेपछि फेरियो स्वरुप
सोमबार, कात्तिक १९, २०८१
दशकौंसम्म सुनसान बनेको पाल्पाको तिनाउ गाउँपालिका–३ को बसन्तपुर डाँंडा अहिले लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
आज भाइटिका
आइतबार, कात्तिक १८, २०८१
आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् ।
लक्ष्मी पूजामा वीरगञ्ज धपक्कै, फूल र केराको व्यापार उच्च
शुक्रबार, कात्तिक १६, २०८१
देशको प्रमुख आर्थिक नगरी वीरगञ्जमा तिहारको रौनक उत्कर्षमा छ । रंगीचंगी झिलिमिली बत्तिले रंगीएको वीरगञ्जमा लक्ष्मी पूजा अझ विशेषरुपमा मनाउने गरिन्छ ।
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र
शुक्रबार, कात्तिक १६, २०८१
म्याग्दीको राहुगंगा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
अवैध भारतीय कुखुरा तस्करीले किसान आजित, पेशाबाटै पलायन हुने खतरा
बिहीबार, कात्तिक १५, २०८१
भारतबाट अवैध कुखुरा आयातले नेपाली किसान संकटमा परेका छन् । सुरक्षा निकायले चेकजांचमा कडाई नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिंदा भारतीय बोईलर कुखुराको अवैध आयात झनै मौलाउँदै जाँदा स्वदेशी कुखुरापालक किसानहरुले लागत मूल्य समेत पाउन सकिरहेका छैनन् ।
साताको लोकप्रीय