News 24 Television
आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात, बढ्दै छ लोकप्रियता
आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात, बढ्दै छ लोकप्रियता ऊर्जा अध्ययन केन्द्रले केही समयअघि गरेको अध्ययनमा ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने देखाएको थियो ।  विद्युतीय चुलोको प्रयोगसँगै विद्युत् वितरण प्रणालीको क्षमता पनि बढाइनुपर्ने अध्ययनको निस्कर्ष थियो ।  सरकारले बजेटमा पनि ‘एक घर, एक विद्युतीय चुलो अभियान’ चलाउने घोषणा गरेको थियो
बजेट खर्च गर्न नसक्दा सरकारमाथि प्रश्न, बागमति सरकारको रेडिमेड जवाफ !
बजेट खर्च गर्न नसक्दा सरकारमाथि प्रश्न, बागमति सरकारको रेडिमेड जवाफ ! चालु आर्थिक वर्षको ८ महिना अर्थात् दोस्रो चौमासिक गुज्रिसकेको छ । यो अवधिमा सरकारी कामकाजले तीव्रता लिनुपर्ने हो । चालु आर्थिक वर्षको योजनाका कामहरु धमाधम भएर सरकारले छ्ट्याएको बजेट कार्यान्वयनमा जानुपर्ने हो । तर, बागमती प्रदेश सरकारले भने दोस्रो चौमासिकसम्ममा कुल बजेटको ३० प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन...
खर्चको स्रोत जुटाउन ऋणको शरणमा सरकार, मुलुक ऋण–पासोमा पर्ने खतरा !
खर्चको स्रोत जुटाउन ऋणको शरणमा सरकार, मुलुक ऋण–पासोमा पर्ने खतरा ! पछिल्लो समय सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्रोत जुटाउन नसक्ने अवस्था समेत देखिएको छ, जसका लागि थप सार्वजनिक ऋण लिन सरकार बाध्य हुनेछ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल भने सरकारले आन्तरिक ऋण बढी लिँदा बैंकिङ क्षेत्रलाई फाइदा नहुने बताउँछन् । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ३० अर्ब...
टुक्रे योजना निरुत्साहित गर्दै बागमती सरकार, एकद्वार नीति अपनाइने 
टुक्रे योजना निरुत्साहित गर्दै बागमती सरकार, एकद्वार नीति अपनाइने  आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले योजना बैंक मार्फत योजना छनोट गर्ने भएको छ । सुशासन कायम गर्न र भ्रष्टाचार न्युनिकरण गर्न आयोजना बैंक महत्वपूर्ण सावित हुने भन्दै आयोजना बैंक व्यवस्थापना सुचना प्रणालीको शुभारम्भ गरिएको हो । 
नेपालको बजेट ट्रम्पको तहल्का ! बन्द कोठामा यस्तो हुँदै !
नेपालको बजेट ट्रम्पको तहल्का ! बन्द कोठामा यस्तो हुँदै ! सरकारले नयाँ बजेटका लागि गृहकार्य तीव्र पारेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनुपर्ने र त्यसअघि संसदमा बजेट छलफल चलाउनुपर्ने समायवधी नजिकिएसँगै नयाँ बजेटका लागि अर्थ मन्त्रालयले बजेट गृहकार्यलाई तीव्र बनाएको हो । 
१८ गभर्नर बन्ने आंकाक्षीहरु, चर्चामा छन् यी नाम 
१८ गभर्नर बन्ने आंकाक्षीहरु, चर्चामा छन् यी नाम  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन अब केही दिनमात्रै बाँकी छ । चैत २४ गतेदखि कार्यकाल सकिन लागेका गभर्नर अधिकारीपछि १८ औँ गभर्नर को बन्छ भन्ने जिज्ञासा आमरुपमा देखिन थालेको छ । आर्थिक मन्दी, सम्पत्ति शुद्धिकरणमा ग्रे लिस्टको सूचीमा परेको विषम परिस्थितिमा अब बन्ने गभर्नरले सामना गर्नु पर्ने...
Weather Update