टुक्रे योजना निरुत्साहित गर्दै बागमती सरकार, एकद्वार नीति अपनाइने
शुक्रबार, चैत ८, २०८१

हेटौंडा अस्पतालमा मुुटुरोगको सेवा आरम्भ
बुधबार, फागुन २८, २०८१
कुनै समय रिफर अस्पतालको नामले परिचित मकवानपुरको हेटौंडा अस्पतालमा बिरामीका लागि पर्याप्त औषधि समेत पाइँदैनथ्यो । सामान्य बिरामीका लागि पनि हेटौंडा अस्पतालमा सेवा नपाउँदा चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । तर पछिल्लो समय यस अस्पतालको सेवा सुविधाले फड्को मारेको छ । सबै सेवा दिदैँ आएको हेटौंडा अस्पतालमा अब मुटुरोगीले...

मकवानपुरमा अफ्रिकन स्वाइन फ्लूको आतंक, बंगुर मर्दा किसान चिन्तामा
बिहीबार, माघ १०, २०८१
केही समययता बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर रोगका कारण बंगुर पालक किसानहरु मारमा परेका छन् । यो रोग नियन्त्रणका लागि खोप तथा औषधि समेत पाइदैन । त्यसैले रोग लागिसकेपछि उपचार गरेर बंगुर बचाउँछु भन्न नपाएकै कारण किसानहरुले लाखौं घाटा व्यहोर्नु परेको छ ।

जंगल नफर्किन सरकारसँग गुहारः वनकरियालाई लालपुर्जा कहिले ?
शनिबार, माघ ५, २०८१
मकवानपुरको मनहरी गाउँपालिका–४ हाँडिखोलास्थित मुसेधापमा लोपन्मुख वनकरिया समूदायको बस्ती छ । २३ परिवारको बसोवास रहेको वनकरिया समूदाय आफ्नो नाममा जग्गा नहुँदा बस्तीमै असुरक्षित महशुस गरिरहेका छन् । संविधानले नागरिकलाई सुरक्षित आवासबाट बञ्चित गराउन नहुने भनेपनि उनीहरुको पीडा भने आवाससँग जोडिएको जमिनमै केन्द्रित छ ।

बागमतीमा हिउँदै अधिवेशनको छैन सुरसार, बोल्न पाएनौ भन्दै जंगिए सांसदहरु
शनिबार, पुस ६, २०८१
बर्खे अधिवेशन सकिएको तीन महिना बितिसक्दा पनि बागमती प्रदेश सभामा हिउँदे अधिवेशन बस्ने अझै सुरसार छैन । त्यसो त संघीय संसदमा पनि वागमतीकै जस्तो अवस्था छ भने अरु बाँकी प्रदेशहरुमा पनि हिउँदे अधिवेशन बोलाउने तयारी अझै भएको छैन ।

भेटी मेला व्यवस्थापन समितिले लगेपछि पूजारी आक्रोशित
बिहीबार, मंसिर २०, २०८१
बाराको महागढीमाई नगरपालिका–२ वरियापुरमा यतिबेला विश्व प्रशिद्ध पञ्चबर्षीय गढीमाई मेला लागिरहेको छ । मंसिर १ गतेबाट सुरु भएको मेलामा दर्शन गर्नका लागि हजारौं भक्तजनहरु आइरहेका छन् ।

बाग्मती प्रदेश सहकारी महाशाखामा उजुरीको चाङ
शुक्रबार, मंसिर १४, २०८१
पछिल्लो समय देशैभर सहकारी समस्या नियन्त्रणभन्दा बाहिर गइरहेको छ । सहकारी संस्थाहरूले बढी कमाउने होडमा बचतकर्ताको रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दा आफै समस्यामा परेका हुन् । बागमती प्रदेश सहकारी महाशाखामा समस्यामा परेका सहकारीविरुद्ध बचतकर्ताले दिएको उजुरीको चाङ लागेको छ ।

मकै खेतीले हेटौडामा फेरियो किसानको हैसियत, बजारको छैन चिन्ता
सोमबार, मंसिर ३, २०८१
नेपालका धेरै जिल्लाजस्तै मकवानपुरका अधिकांस कृषि पेशामा आवद्ध छन् । प्रशस्तै उर्वर भूमि रहेका कारण पनि जिल्लाका धेरैको जिविकोपार्जनको माध्यम कृषि बनेको छ ।

४ महिनापछि बल्ल मन्त्रालय पाए मदुकुमारले
बुधबार, कात्तिक २८, २०८१
लामो समयदेखि बागमती प्रदेशको विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय फुटाइएको छ । १३ मन्त्रालय रहेको बागमतीमा मन्त्रालय फुटाएर उनलाई गरिवी निवारण तथा सहकारी मन्त्री बनाइएको छ ।

दशैंमा मकवानपुर जानै खतरा ! कसरी के गर्ने ?
शनिबार, असोज १९, २०८१
गत बिहीबारदेखि परेको अविरल वर्षाले देशका धेरै जिल्लाहरुमा वितण्डा मच्चायो । हजारौं घर डुबानमा परे । यसै विपत्तिमा परेर करिब ३ सय जनाले ज्यान गुमाए ।

तलबभत्ता नै जनताका नाममा सुम्पिने गाउँपालिका अध्यक्ष !
बिहीबार, असोज ३, २०८१
मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो तलब भत्ता वापत्को रकम सामाजिक सेवामा खर्च गर्दै आएका छन् । तलब जम्मा गर्नका लागि उनले आफ्नो व्यक्तिगत बैंक खाता प्रयोग नगरी अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेका छन् ।

बागमती सरकारमा पहिलो पटक कांग्रेस नेतृत्व
बिहीबार, साउन १०, २०८१
केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलसँगै यतिबेला एमाले र कांग्रेस गठबन्धन सरकार गठनकोे चटारोमा छन् । केन्द्रको सत्ता फेरबदलसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार गठन भएको छ ।

बागमतीमा भागवण्डाको रमिता, मन्त्रालयदेखि समितिमा उथलपुथल
शनिबार, जेठ ५, २०८१
राजनीतिक भागवण्डा मिलाउन एक मन्त्रालय थपेको बागमती प्रदेशमा दुईदिन नबित्दै संसदीय समितिको संख्या समेत बढ्यो । समितिको सभापतिका लागि राजनीतिक दलहरुको आ–आफ्नै बार्गेनिङका कारण एक समिति नै थपेर सर्वसम्मतिको नाममा भागवण्डा मिलाइएको हो ।

समिति सभापति हात पार्न हानाथाप
शनिबार, वैशाख २२, २०८१
बागमती प्रदेशसभाको संसदीय समितिका सभापति चयनका लागि अन्तिम मिति तय गरिएको छ । आउँदो जेठ ३ गतेसम्म सर्वसम्वतरुपमा समितिका सभापतिको चयन नभए जेठ ४ गते निर्वाचन प्रणालीबाट सभापति चयन गर्ने सहमति गरिएको हो । सत्तापक्ष दलहरुले सहमतिमै टुंग्याउने भने पनि यो विषय सहज भने देखिदैन ।

पद जोगाउने रन्कोले मुख्यमन्त्री चपेटामा, जोगिने सम्भावना कति ?
आइतबार, चैत १८, २०८०
बागमती प्रदेशमा विश्वासको मतमा विभिन्न विवाद देखा पर्न थालेका छन् । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि एमाले र हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराउदै आफ्नो मत सुरक्षित राक्ने प्रयास जारी राखेका बेला सत्ता हत्याउने षडयन्त्रमा नयाँ घटना घटेको विषय सार्वजनिक भएको छ ।
साताको लोकप्रीय